संसदमा छलफल गरिरहेको विधेयक सरकारले अध्यादेशबाट ल्यायो : वर्षमान पुन
काठमाडौँ । अर्थ समितिमा छलफल भइरहेको विधेयक सरकारले अध्यादेश मार्फत ल्याएको भन्दै वर्षमान पुनले ध्यानाकर्षण गराएका छन् ।
आज अर्थ समितिको बैठक सुरु हुनासाथ पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए । उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो । तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो ।’ सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।
समितिका सभापति सन्तोष चालिसेले यस विषयमा ध्यानाकर्षण भएको र अर्थ मन्त्रालयबाट छलफल भइरहेको विधेयक अध्यादेशमार्फत आएको भनेर जानकारीको पत्र आएको बताए ।