हसना भास्तिपुर साकोसको १६ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न
काठमाण्डौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १२, बलम्बुमा अवस्थित इभर भिजन स्कुलको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको सभा अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि बलम्बुका द्वारे पूर्णबहादुर महर्जन ,संस्थाका सल्लाहकार ज्योतिराम फुयाल, डा.विजय कुमार पौडेलको उपस्थितिमा प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष निरज नकर्मीले स्वागत मन्तव्य तथा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राजमान महर्जनले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव सम्पुर्ण महर्जनले सञ्चालन गर्नु भएको थियो ।