मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन

भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथीमा प्रदान गरिने प्रजातन्त्रसेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ । प्रतिष्ठानले हरेक वर्ष मीनकुमारी राणाको वर्षिक पुण्य तिथिमा ३ विधामा पुरस्कार र एक विद्यालयलाई छात्रबृत्ति प्रदान गर्दै आइरहेको प्रतिष्ठानका महासचिव रबि राणाले जानकारी दिए । अध्यक्ष राणाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा वरिष्ठ साहित्यकार एवं आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत रहेका छन् भने सदस्यसचिवमा महासचिव रबि राणा रहेको प्रतिष्ठानले जनाएको छ । सबै पुरस्कारको राशि ५१ हजार १ रुपैयाँ रहेको पनि राणाले बताए ।

तेस्रो पुण्य तिथिकै अवसरमा समाजसेवी स्वर्गीय मीनकुमारी राणाको प्रतिमा अनावरण तथा मीनकुमारी राणा मार्गको नामाकरण गरिने छ । पहिलो पुण्यतिथिमा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट प्रदान गरिएको थियो भने दोस्रो पुण्य तिथीमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्व सांसद् एवं वरिष्ठ राजनीतिज्ञ लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र वरिष्ठ बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान पुरस्कारहरु प्रदान गरेका थिए । त्यसैगरी दुवै पुण्यतिथीमा राणा परिवारले अध्ययन गरेको भक्तपुर सानोठिमीस्थित आदर्श माध्यामिक विद्यालयका जेहन्दार विद्यार्थीलाई प्रदान गर्ने गरी रु ५१ हजार १ पूर्व विद्यार्थी समाजका अध्यक्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेललाई हस्तान्तरण गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *