सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक

काठमाडौँ । बलिवुड अभिनेता सैफ अली खानमाथि भएको चक्कु आक्रमणको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ ।

करिब ३० बर्षका आरोपी मोहमद शरीफुल इस्लाम बंगलादेशी नागरिक भएको मुम्बई प्रहरीले जानकारी दिएको छ । इस्लामले चोरी गर्ने उद्धेश्यले सैफ अली खानको घरमा गएको प्रहरीको दाबि रहेको छ । उनले हाउस किपिंग काम गरिरहेको र आफुलाई विजय दासको रूपमा चिनाएको प्रहरीले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रहरीका अनुसार आरोपीहरूले सैफ अली खानको घरमा प्रवेश गर्न आगलागी हुँदा प्रयोग गरिने भवनको भर्‍याङ प्रयोग गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

बिहीबार बिहान सैफ अली खानमाथि उनको बान्द्रास्थित निवासमा चक्कु प्रहार गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *