प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
उनले सोमबार राति ट्विटरमार्फत अमेरिकाको ४७औँ राष्ट्रपति पद सम्हालेकोमा ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । उनले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु।’
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताएका छन् ।