रास्वपा सभापति लामिछाने भैरहवामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् । रास्वपा स्रोतका अनुसार बुधबार उनी अदालत हाजिर हुनेछन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । भने काठमाडौँमा उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।