रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, थुनछेक बहस बिहिवार
काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । उनले थुनछेक बहस बिहिवार हुने समेत जानकारी दिए । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।
लामिछानेसहित छविलाल जोशी, जीवी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।