धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गर्छौँ- खानेपानीमन्त्री
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् । उनले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताए । धरानवासीलाई पानी खुवाउनका लागि करिव ६ अर्ब आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफूले एडिबीसँग बिहीवार छलफल गरेको पनि बताए ।
उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाए । उनले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताए ।