सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा मापदण्डको मस्यौदामा भक्तपुर बचत संघको सुझाव
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीलेसहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी निर्देशन तथा मापदण्डको मस्यौदामा सुझाव दिएको छ । संघको तर्फबाट अध्यक्ष कृष्ण गोविन्द लाखाजुले अध्यादेश तथा मापदण्डमा संशोधनका लागि राष्ट्रिय सहकरी महासंघलाई यस्ता सुझाव दिएका छन् ।
सुझावहरु
१ नेपालको संविधान बमोजिम सम्पत्तिको हक उपभोग गर्न पाउने नेपाली नागरिककोे मौलिक हक हनन हुने गरी कार्यक्षेत्रको आधारमा सदस्यको व्यक्तिगत बचतको सिमा तोकेको व्यवस्था खारेज गर्नुपर्ने ।
२ नेपालको संविधान बमोजिम नेपाली नागरिकले सहकारी संस्थामा सदस्य बनी कारोबार गर्न पाउने अधिकारलाई हनन हुने गरी एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थामा सदस्य हुन नपाउने व्यवस्था खारेज गर्नुपर्ने ।
३ सहकारी संस्थामा नेतृत्वको वृत्ति विकास गर्नु पर्नेमा एकै पटक अनुभवी नेतृत्वनै खाली हुन सक्ने गरीे “कुनै पनि व्यक्ति सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा वढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन नसक्ने” व्यबस्थालाई संशोधन गरी “कुनै पनि व्यक्ति सहकारी संस्थाको एउटै पदमा निरन्तर दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन नपाउने ’व्यवस्था गर्नुपर्ने ।
४ प्रारम्भिक सहकारी संस्था वा संघको संचालक माथिल्लो तहको कुनै एक संघमा सञ्चालक हुन सक्ने व्यवस्था थप्नुपर्ने ।
५ सहकारी संस्थाले माथिल्लो संघमा बचत गरेको रकमलाई पनि तरलता कायम गर्नुपर्ने ।
६ सहकारी संस्थाको संचालकको संख्या नेपाल राष्ट्र बैंकले तोकिएकोमा व्यवहारिक नभएकोले सहकारी ऐन मार्फत नै व्यवस्थित गर्नुपर्ने ।