देश बनाउन ठूला र बलिया राजनीतिक दल आवश्यक :  पोखरेल

काठमाडौं । शनिबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलामा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार अप्राकृतिक भनेर भ्रम फैलाउने काम भइरहेको बताएका छन् । उनले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए । र, ती दलले शासन गर्ने विषय प्राकृतिक भएको उनले प्रस्ट पारे । जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने विषय अप्राकृतिक भएको उनले बताए ।

देश बनाउन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेकामा उनले जोड दिए । पोखरेलले नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने दलले देशका निम्ति काम गर्न पनि नसक्ने बताए । देशलाई बलिया राजनीतिक दल, स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरे । त्यो क्षमता एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उनले जिकिर गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति ओलीमाथि चौतर्फी हमला भइरहेको भन्दै प्रतिरक्षा गर्न अग्रमोर्चामा उभिन युवा संघलाई आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *