नेपाली काँग्रेसले माघ १६ र १७ गते स्टार्टअप सम्मेलन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । काङ्ग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले सानेपामा सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।

दुई दिने सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको काङ्ग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन् । सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र ६ हजार भन्दा बढी सहभागीहरु रहने आयोजकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *