कांग्रेस संसदीय दलमा अध्यादेशबारे दुई गैरसांसदको ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा आज दुई गैरसांसदले अध्यादेशबारे ब्रिफिङ गरेका छन् । कांग्रेस र एमालेले बनाएको कानुन सुधार कार्यदलमा कांग्रेसबाट सदस्य रहेका अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहाल र योजनाविद्को रूपमा सहभागी प्रताप पौडेलले अध्यादेशको औचित्यबारे ब्रिफिङ गरेका हुन् । कांगेसका एक सांसदका अनुसार, दाहाल र पौडेलले सुशासनका लागि अध्यादेशमा समावेश गरिएका विषयबारे जानकारी गराएका थिए । संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका विषयवस्तुमा खुलेर छलफल भएको जानकारी दिए ।

अध्यादेश किन ल्याउनुपर्‍यो ? यसभित्र के के छन् ?, घिमिरेले बैठकमा भएको छलफलबारे भने, ती कन्टेन्टमा केही समस्या छन् भने पनि आज खुलेर छलफल भएको छ । बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका कामको ब्रिफिङ गरेका थिए । गृहमन्त्री रमेश लेखकले पनि अध्यादेश ल्याउनुको औचित्यका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए । सोमबार १ बजे फेरि बस्ने गरी कांग्रेस संसदीय दलको बैठक सकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *