कामना सेवाको प्रिफरेन्सियल सेयरः एनआईएमबी एस बन्यो बिक्री प्रबन्धक

काठमाडौं । कामना सेवा विकास बैंकले निष्कासन गर्न लागेको अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि एनआइएमबि एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । त्यसका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ३५ करोड रुपैयाँको ३५ लाख कित्ता सेयर जारी गर्न लागेको हो । बैंकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९ प्रतिशत लाभांश दर भएको (असञ्चिति) अग्राधिकार सेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन । उक्त सेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *