नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रदर्शनीमार्गमा शाखा सञ्चालन

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनीमार्गमा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका २८ स्थित घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आइतबारदेखि स्थानान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा उपलब्ध गराइने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *