परिवारका सदस्य गुमाउँदाको पीँडा

(१) परिवार र श्रद्धाञ्जली–समवेदना ः
कवि अभागी थेगुबाले भन्नु भएको थियो–“जीवन वुझेर कहिले सकिदैन”(सम्पदा आँचल साप्ताहिक । आलोचनात्मक दृष्टिकोणमा कवि अभागी थेगुबा र उनको कृति ‘सपनाहरुको बही’ कविता संग्रह,अन्तरवार्ता युवराज घलेभाईले लिनुभएको । रामधुनी–९,सुनसरी,कोशी प्रदेश । २६ पौष,वि.सं. २०८१) ।
वि.सं.२००२ साल भदौ २५ गते ओखलढुङ्गा लिखु नदीको प्रवाहित कलकल आवाज सुन्न सकिने सतलुङ्ग गाउँका समाजसेवी तोयानाथ तथा नरेन्द्रदेवी ढुङ्गेलको घरमा माईली छोरिको रुपमा जन्म लिएर सिन्धुली सुनकोशीको सुशेली सुन्न सकिने घोकशिला,गोलाञ्जोर–६का स्व.ठेटराज बराका जेठा छोरा १८ बर्षका गोविन्द(न्वारनको नाम यज्ञ प्रसाद वि.स.१९९४ ।०७ ।२२–२०७९ । ०४।१५) राज सँग १० बर्षको उमेरमा वि.सं.२०१२ साल माघ २४ मा विवाह बन्धनमा बाधिनु भएर जीवनलाई बुझ्दै गर्दाको क्रममा पौष २२ गते वि.सं.२०८१ मा बिराटनगर–१० तीनटोलीयास्थित आफ्नै घरमा बेलुका स्वर्गारोहण हुनुभएकी हाम्रो परिवारकी जेठी बुहारी–हाम्री ठूली भाउजु सीता देवी बराललाई हिन्दु सम्प्रदायको वैष्णव उपसम्प्रदाय अन्तर्गत रामानुज मार्गीको प्रचलित प्रचलन अनुशार अन्तिम पद्धतीका कार्यक्रम अनुशार स्थानीय सिङ्गायी नदीमा दाहसंस्कार भयो । भारतका आध्यात्मिक गुरु साक्षीश्रीले–“तपाई जीवनलाई नियन्त्रित गर्न सक्नु हुन्न तर तपाईले जीवनप्रति आफ्नो प्रतिक्रियालाई नियन्त्रित गर्न सक्नु हुन्छ” भनेर भन्नु भएझैँ स्व.भाउजुको ‘जीवन समाप्त भयो’ भनेर हामीले प्रतिक्रिया दिनमात्र सकियो तर कति कोशीस गरेपनि जीवनलाई समाप्त नभैदिनुस भनेर नियन्त्रण गर्न सकिएन । “तपाईको सास तपाईको शरीर र आत्मालाई जोड्ने पूल हो”भनेर साक्षीश्रीज्यूले भन्नु भए झैँ हाम्री भाउजुले सास छोडेर आत्मालाई जीवित राख्न मुक्त गर्नुभयो । “हामी मानव शरीरमा अस्थायी रुपले ब्रह्माण्डीय प्राणी हौँ । हाम्रो कुनै शुरुवात छैन र हाम्रो कुनै अन्त पनि छैन । हाम्रो वास्तविक स्वरुप हाम्रो आफ्नो कल्पनाभन्दा टाढा छ” भनेर भारतका धार्मिक गूरु ब्रह्मर्षि पत्रीजीले भन्नु भए झैँ गरी । “ पीडा मिल्नु स्वभाविक हो । त्यसमा दुखी हुनु या नहुनु तपाईँको हातमा छ ”(गौतम बुद्ध,नेपाल) । ।

दुखको यस घडीमा दाहसंस्कार देखी हामी परिवारलाई समबेदना प्रदान र १३ औँ दिनको शुद्ध–कर्म सम्ममा आईपुग्दा धेरै कुराको अनुभूति भयो ।“स्व. सीता देवी बरालको आत्माले शान्ती प्राप्त गरोस र शोकरत रहनु हुने परिवारमा धर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछु” भनेर आफैँ उपस्थित हुँदै कोशी प्रदेश सभामूख अम्बर बहादुर विष्टले भावपूर्ण श्रद्धाञ्जली सहित समवेदना प्रकट गर्नु भएको थियो । त्यसैगरी,सत्य साई सेवा समितिबाट माईली छोरी अनिता बराल घिमिरे सहितको सहभागिता ,बिराटनगर–१० का पूर्व वडा अध्यक्ष माधव रेग्मी तथा वर्तमान वडा अध्यक्ष अर्जुन गीरी,राजनीतिक दल नेपाली काँग्रेसबाट मा.भीम पराजुलि,नगेश बराल, सुनिल तथा सुमन दाहाल,मदन तथा बन्दना बराल,मदन घिमिरे,पारश कोइराला,सन्तोष तथा विन्दु ढुङ्गाना,अर्जुन कार्की,राजु मास्के,गिरिस कुमार कोइराला,कुमार पोखरेल सहितको सहभागिता,राप्रपा नेपालबाट बल्लभ दाहाल सहितको सहभागिता,राप्रपाबाट पवन नेपाल,राजेश मास्के,ओमकार श्रेष्ठ,विनय श्रेष्ठ,मनोज बस्नेत सहितको सहभागिता,तीन टोलीया समाज सेवा समिति परिवारको तर्फबाट अध्यक्ष डिगेन्द्र राउत,कवि प्रमोद ढकाल प्रिन्स,गोपाल ढकाल,सुमन वस्ती,सुदिप आचार्य र समाजसेवीहरु–ऋषिराम एवं खञ्जना पोखरेल चालिसे–परसुराम एवं यमुना गुरागाईँ चालिसे तथा पूर्षोतम एवं उमा निरौला चालिसे,रामकृष्ण तथा अन्जला तिमिसिना,विमला नेपाल–ईश्वरी तथा सविता एवं तुलसी नेपाल,गोपाल–गोकर्ण–गोकुल पाण्डे,बरालहरु सुशिला–शरद–किशोर एवं दुर्गा–माधव द्वय–बलराम–काशीनाथ–बलराम एवं गीता–नारायण–सरोज–विदुर–प्रशान्त–जगदीश–प्रकाश–बादल–बद्री–रामजी,पुस्कर–पूर्षोतम तथा धनराज गीरी,ईश्वरी–उमेश एवं सविता रेग्मी,उमेश दाश तत्मा,मुकुन्द–राजन तथा भोजराज एवं शर्मिला दाहाल,रामदेव ठाकुर,सन्तोष रजक,सुन्दर भक्त श्रेष्ठ,लव घिमिरे,पुस्कर एवं पूर्षोतम गीरी,प्रहलाद तथा नवराज रेग्मी,चन्द्रदीप तथा सुवास कोइराला,सुवास चन्द्र गौतम,सुशिला वस्ती,रमेश तथा सन्तोष आचार्य,गोविन्द तथा नीता खतिवडा ढुङ्गेल,गङ्गा–जमुना–उर्मीला ढुङ्गेल,झमक निरौला,ऋषिराम अधिकारी,दिनेश पोखरेल,अलका ढुङ्गेल कोईराला,डम्बर तथा रेणुका वन,सुवास कोइराला,खगेश्वर पोखरेल,गोविन्द भट्टराई तथा लक्ष्मी बराल भट्टराई,छिमेकिहरु महेन्द्र तथा सुमिता अधिकारी एवं शशि भूषण तथा कमलेश कर्ण,सीता खनाल,प्रदीप घिमिरे,गूरुहरु रघुनाथ दाहाल तथा महेश्वर प्रसाद कोईराला,ताराप्रसाद तथा जोनिता बराल अर्याल,प्राडा.चक्रपाणी खनाल,पूर्वाञ्चल विश्व विधालयक ईतिहास विभागका डिन प्राडा.अनिल कुमार पोखरेल,पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल तथा साहित्य लेखक किशोर कुमार विश्वकर्मा,लक्ष्मी नारायण मन्दीर कञ्चनबारी प्रमुख गुरुज्यू साथै फुटवल कल्व र भन्सार एजेण्ट लगायत देश विदेशमा रहेका सबै आफन्तजनहरुबाट श्रद्धाञ्जली तथा समवेदना प्राप्त भयो ।

उहाँको परिवारिक स्थिति यस्तो थियो (क)ससुरा सासु–स्व.ठेटराज तथा प्रेम कुमारी कोइराला बराल (ख) देवर देउरानीहरु–माईलो शाम्भ बराल (दादुराले १० बर्ष भित्रै मृत्यु),साइलो प्रा.डा.ऋषिराज बराल तथा सबिता घिमिरे बराल,काईलो नवराज बराल तथा बन्दना अधिकारी बराल,कान्छो जगदीशराज बराल तथा लक्ष्मी लता पोखरेल बराल (ग) देउरानीहरु–जेठी सावित्री बराल(दादुराले १० बर्ष भित्रै मृत्यु),माईली जानुका बराल,साइली गङ्गा बराल(दादुराले १० बर्ष भित्रै मृत्यु),कान्छी शान्ता बराल दङ्गाल (घ) छोरा बुहारी तथा नाति नातिना–जेठो राजेश बराल तथा मन्दिरा भण्डारी बराल,नाति राहुल बराल र नातिनी रविना बराल,कान्छो छोरा राकेश बराल–नाति क्रिशल बराल नातिनीहरु किर्तिका एवं क्रिस्टिका बराल (ङ) छोरी ज्वाई तथा नाति नातिनाहरु–जेठी ममिता बराल आचार्य तथा सुर्दशन आचार्य,नाति उमेश र नातिनी सुस्मिता आचार्य,माइली अनिता बराल घिमिरे तथा कुलचन्द्र घिमिरे,नातिहरु बृजेश एवं सृजेश घिमिरे (च) कान्छी बबिता बराल दाहाल तथा दिनेश दाहाल,नातिनीहरु आयुस्मा तथा आशिका दाहाल (छ) माइती तर्फ दाजुभाईहरु–नारायण–उमानाथनानीवावु–गणेश–श्याम–उद्धव–माधव–ईन्द्र–कमल–रमेश–मुक्तिनाथ ढुङ्गेल,दिदि बहिनीहरु–नन्दा देवी दाहाल(कमल,सुनिल,सुमन दाहालको आमा),गीता ढुङ्गेल कोईराला सहित ६ दिदी बहिनी (ज) भाञ्जा र भाञ्जे बुहारीहरु–लवश्री तथा तुलशा ढुङ्गेल न्यौपाने–कुशश्री तथा माला उप्रेती न्यौपाने,सुलोचना न्यौपाने–जयश्री तथा गायत्री तिमलसिना न्यौपाने–हिराश्री तथा अर्चना न्यौपाने–साधुश्री तथा बिना न्यौपाने–नारायणश्री न्यौपाने,भाञ्जी र भाञ्जी ज्वाईहरु–सुभद्रा न्यौपाने ढुङ्गेल तथा रघुनाथ ढुङ्गेल(शिक्षा सेवा),स्व.नानु न्यौपाने(त्रिविवि सभासद,पद्धम कन्या स्व.वि.यु सभापति,नेपाली कांग्रेस),माया न्यौपाने खतिवडा तथा अर्जुन खतिवडा(राष्ट्रिय अनुसन्धान विभाग कर्मचारी),एञ्जीला न्यौपाने पौडेल तथा प्रदीप पौडेल( बर्तमान संघीय स्वास्थय तथा जनसंख्या मन्त्री),लक्ष्मी न्यौपाने ।
जेठो दाजु कमला हाईस्कूलमा कक्षा १० मा पढ्दा पढ्दै लाहुर जाने लहडमा साइला वुवा टिका प्रसादका छोरा रामबाबु भनिने पुष्पलाल बरालसँग ९ बर्षको उमेरमा हिडेर जनकपुर पुगी त्यहाँबाट रेल चढेर जयनगर पुगेर भारतीयको घरमा नोकर बसेपछि खै मार्ने पो रहेछन भने भागेर विराटनगर पुगेर फेरि पहाड नै फर्कनु भएछ । त्यस भन्दा अघि नै हाम्रो हजुरवाले अर्को हजुरवा विराटनगरमा औलोले वित्नु भएपछि बरगाछीको जमिन बेचेर पून ःपहाड फर्किसक्नु भएको थियो । १२ सालमा जेठो दाजुसँग विवाह भएपछि ९ महिना घर बसेर माइत फकर्नु भएपछि विराटनगरमा बस्नु हुने जेठी दिदी(कमल–सुनिल–सुमन दाहालकी आमा) ले ओखलढुङ्गाबाट विराटनगर लैजानु भयो र पछि १५ सालमा दाजु पनि विराटनगर जानु भयो । प्रहरीको स्थायी हवल्दार छोडेर जेठो दाजु विराटनगर रानी भन्सारको सहयोगी हुन रुचाउनु भयो । ‘विर्तावाला बराल’ भनेर चिनिने इनरुवामा भएका नातेदार (हाल आवर ईङ्गलिश बोर्डिङ्ग स्कूलका सरोज तथा विदुर बरालका हजुरवा हजुरआमाहरु) ले सहयोग गर्नु भयो । पछि २५ सालमा ऋषि र २६ सालमा नवराज तथा २९ सालमा म पनि पढन विराटनगर गयौँ । “सधैँ मद्धत गर,कहिल्यै चोट नपु¥याउ”(श्री सत्यसाई बाबा,भारत) जस्ता वचनले सम्झाऊँदै ‘मेरी आपके कृपा से…,तेरा मङ्गल मेरा मङ्गल सवका मङ्गल होय रे,इतना शक्ति हमे देना दाता,छोटो सो मेरो मदन गोपाल’ जस्ता भजन गनुगनाउँदै माथीका परिवारिक इतिहासका कुराहरु हामीलाई सुनाउनु हुने जेठी भाउजु अव स्मृतिमा मात्र हुनुहन्छ ।
(२) भेटघाटमा भएका कुराहरु ः
“मानिस स्वभावले नै एक राजनीतिक प्राणी हो” भनेर अरस्तुले भन्दा यहाँ मानिसको सामाजिक व्यवहार पनि झल्कीन्छ । राज्यको निर्माण प्रकृतिले गरेको हुन्छ मानिस समाजमा रहने,राज्यमा रहने,
कानूनको पालना गर्ने सहयोगी मिलनसार,नैतिक तर्क गर्ने शक्ति भएको प्राकृतिक प्राणी पनि हो । त्यसैले समाज र राज्यका गतिविधिमा चासो राख्ने गर्दछ मानवले । समबेदना र श्रद्धाञ्जली प्रकट गरेपछि सहभागी हुनु भएकाहरु बीच राजनीतिक,उधम र सामाजिक कुराहरु पनि भए जस्तै–
(अ) फागुनमा १ महिना भन्दा बढी विराटनगर बस्ने तयारी गरेकोमा अचानक आउनु परेकाले नेकाका नेता गूरु घिमिरे,एमाले नेता सुवोध प्याकुरेल–केशव गौतम,राप्रपा नेता उद्धव पौडेल तथा मित्रहरु नेता प्रहलाद साह एवं केदार कोइराला तथा वरिष्ठ पत्रकार एवं वातावरण अभियन्ता उद्धव केसी र साहित्य लेखक ऋतु आशिक–लक्ष्मण नेवटीया–जयन्त प्रधानाङ्ग–कृष्ण प्रसाद कोईराला लगायतका साहित्य लेखक अनि गूरु कृष्ण पोखरेल र न्यू सृष्ठिका प्रधान सम्पादक शङ्कर खरेलसँग १३ दिनभित्र भेट गर्न सकिएन । उधमी मित्रहरु–महेश सोनी,हिरा रजगरिया,मनिष बोहरा,एमाले मन्त्री समेत भएका मोति दुगड–शम्भु शर्मा,फुलकुमार लालवानी,महेश जाजु,सुरेन्द्र लोहडा,कमल गौतम र उधमी दाजुहरु विजय अग्रवाल,प्रहलाद तोदी लगायत अर्का लगनशील उधमी भिम घिमिरेलाई समेत पछि भेटने निधो गरियो ।
(आ) राप्रपाले अधिराज कुमारी हिमानीबाट पैसा लिएर हृदयन्द्र गोल्ड कप विराटनगरमा गर्ने हल्ला छ,यो पनि कमाउने जोगार हो बरु पुरानो महेन्द्र गोल्ड कप गर्दा हुने नी,आ बहुदलीय नेताहरुले जुन अराजकता र लुटको प्रवृति फस्टाए त्यसको निर्मूल व्यवस्था परिवर्तन गर्दैमा होला जस्तो छैन,बगेको खोलाको वेग रोक्न सकिदैन वेगलाई अलि कमगर्न सम्म सकिन्छ । कोशी प्रदेशका सभामुख अति अशल हुनुहुन्छ,प्रधानमन्त्री हुन लायक,सहकारीमा लुट तन्त्र त रास्वपा भन्दा अरु दलभित्र छ,अहिले निर्वाचन भएमा र विदेशी शक्तिले प्रभाव नपारे ठूला दलको कन्त विजोग हुनेछ–वीपीसँग टिक्न नसक्ने जिम्दार वर्ग पञ्चायतमा पसेर पञ्चायतलाई अशफल बनाए,पछि फेरि व्यवस्था फेरिएपछि कांग्रेसमा आए,कम्युनिष्टमा नयाँ जिम्दार वर्गको उदय भयो ,अहिले कांग्रेस कम्युनिष्टका जिम्दार वर्गहरुले दुवैलाई खानेछन् । ३० साल अघि देखि नै पुराना ठूला दलमा विकृति तथा विसङ्गतीको विजारोपण भएकोमा आवाज उठाउने कार्यकर्ता नेताहरुहरुलाई बामपन्थी दलले त्यसवेला नै निष्कासन गरेको र कांग्रेसले छायाँमा पारेको । नयाँ दलहरुमा राजनीतिक संस्कारको अभाव खटकिएको छ,अनुभव राजनीतिमा जरुरत हुन्छ ।तर,रविलाई जति खेदो सरकारले गर्छ मन परेर होस वा नपरेर होस त्यसको प्रतिक्रियात्मक मत जनताले रविलाई दिनेछन् । प्रचण्ड विराटनगरमा आउने रे केही होला की ? तीनटोलीयाका पुराना पञ्चहरु स्व.गणेश राउत तथा स्व.पृथ्वी मास्के तथा समाजसेवी स्व.मित्रदेव ढुङ्गेल एवं नगरपालिकाका कर्मचारी स्व.माधव ढकालको राम्रा कुरा सहित आदि ईत्यादी राजनीतिका कुराहरु सुनियो । कोइरालाहरु हाम्रो मावली भएकाले अधिकारी तथा कोइरालाहरुको परिवारसँग स्व.भाउजुको घनिष्ठता थियो ।
(ई) भौतिकताबादबाट अझै पर रहेका तीन टोलीया बासीहरुमा ९५ बर्ष अघिको जुन एकता थियो त्यो अहिलेसम्म यथावत रहेको महसुश भयो । तीनटोलीयाको नाम प्रधानमन्त्री केपी ओली लगायत नेपालका ठूला नेताहरुले यसै पनि लिने गर्छन–जहाँ पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको घर थियो र जहाँ राजनीतिक र सामाजिक संस्कार अझै कायम देखिन्छ । पिताजी कृष्णप्रसादसँगै सङ्कटा,दङ्गाल,गोल्छा,दुगड,राठी,धनावतको कुरा पनि चल्यो ।

दुगडको घरमा हाम्रो पिताजीले पहाडबाट ल्याएर घरेलु कामदार राखिदिनु भएको र पिताजीको दुगड परिवारसँग राम्रो सम्बन्ध भएको र विराटनगरका मारवाडी समुदाय देशभक्त–धार्मिक–मिलनसार–समाज सेवी हुन र उनीहरु राष्ट्रिय उधमी पनि हुन भन्ने चर्चा सँगै अहिले नेपालका विभिन्न स्थानमा तथा विराटनगरको कुना कुनामा विरानो स्थानमा समेत खुलेका क्याफे खाजाघर भित्र आउने नेपाली भाषी पहाडे मूलका केही नयाँ ग्राहकहरु हेर्दा सामाजिक विकृति,विसङ्गती तथा कुलतमा सन्तानहरु लागेर डिप्रेशन एवं परिवारिक तनाव बढन सक्ने तर्फ परिवार स्वयं र प्रशासन पनि चनाखो हुनुपर्ने(स्थानीय भाषी तराई मूलका ग्राहकहरु धेरै विवेकी देखिएको),पढदै गरेका युवाहरुमा ईगो–अहं–ईष्र्या–कम्फर्ट क्षेत्रबाट बाहिर निस्कन तथा आफ्नो बचावमा अनेक बहाना एवं फुलबुट्टा भर्ने अनि चङ्गाले पनि माथि उठ्न धागोको नियन्त्रणमा रहनु आवश्यक हुन्छ भन्ने कुरा मनन् नगर्ने साथै गहिराईमा नपुगी सतही कुरामा मनोस्थिति बनाउने र खराव कुरा गर्न सहज ठान्ने तर मिहनत गर्ने कुरामा बहाना खोज्ने जस्ता व्यवहार नयाँ पुस्तामा बढेकाले ‘बोइलर’ चरित्र निर्माण भै रहेको लगायत तरकारी हाटमा रु १० मा विक्रि भएकोले किशानलाई मार्का विचौलीयालाई बजारमा खेल्न मौका मिलेको छ जस्ता सामाजिक कुराहरु पनि चल्यो । अन्तिम पद्धतिमा लागेकाहरुलाई विरामी भएमा वैण्डेज–औषधी सहित प्राथमिक उपचार गर्ने व्यवस्था नातिनी ज्वाई स्वस्थ्य कर्मी रेगन यादवले मिलाउनु भएको थियो ।

पिछरा बखरीका कोइरालाहरुसँग भेट हुन सकेन । नेपाली काँग्रेस नेता चिरञ्जिवि दाहाल र पूर्व शिक्षक सुदन बरालका पिता ९२ वर्षीय घनश्याम बरालसँग भेट गरेँ । चिरञ्जिवि दाजुले उहाँका पिता माताले दशैँमा हाम्रो पिता माताको हातकोटिका लाउनु भएको स्मरण गर्दै सिन्धुली डाढी चौँराईबाट खालि हात आएको,आफुले सरकारी जागीर छोडेर महेन्द्र चौकमा पशल गरेर पछि जनपथको सानो विकेभिएम विधालयलाई पिछरा बखरीमा स्थानान्तर गरेर हल गोरु फुकेपनि घाँस खान दाम्लो नेर पुग्छ तर साँढे आफैँ खोजेर खाने भएकाले कृषि विकाश बैङ्कको जागिर छोडाएर भाई शालिकरामलाई विकेभीएम विधालयको जिम्मा दिएकोमा उनले उक्त विधालयलाई प्रदेश कै उच्चस्तरमा व्यवस्थापन गरेकोमा अहिले नेकाको नेता समेत भएको कान्छो छोरा रविनले सम्भालेको छ,इन्जीनियर नविनलाई सरकारी जागीर छोडाएर उधमतर्फ लगाएको छु, पहिलेको खेतलाई करोडौँको घडेरी हैन हलो जोत्ने खेत नै बनाएकोछु ,तिमिलाईपनि मैले उधोगपति व्यवसायी पढेको विधालयमा पढेका छौ–यो हल गोरु हुने जागीर छोडेर साँढे हुन भनेको थिएँ मानेनौ,तिम्रो परिवार इमान्दार परिवार हो पेन्सनले खान पुग्छ त ?भन्नु हुँदा मलाई उहाँले उहिले सम्झाउनु भएको स्मरण भयो । घनश्याम दाजुले ‘ए लौन हाम्रा भानिज ज्वाई मन्त्री प्रदीप पौडेलले के के निशुल्क गर्दै हुनुहुन्छ रे तिमिसँग त काठमाण्डौमा भेट हुन्छ होला,यो कान सुन्ने मेशीन पनि ६० बर्ष माथिका नेपाली नागरिकलाई निशुल्क गर्न भनन’ भन्नु हुँदा दुखको बेला पनि हाँस्न थाल्यौँ ।

(३) परिवारिक पीडा ः
“मान्छे मर्दछ जन्म मृत्यु उसको संसारको लेखन । बाँच्ने कीर्ति र ज्ञान हो जगतमा संसारको सिर्जन ।।”(पविता शर्मा काफ्ले । ज्ञान हक । सत्याग्रह साप्ताहि अनलाईन संस्करण,साहित्य स्तम्भ । १७ पौष वि.सं.२०८१) । माघ १६ शहीद दिवस बनाउने गरिन्छ । अहिलेको नेपाली राजनीतिक सङ्गठनका व्यवहारले शहीदको अपमान भएको छ । यो अपमानले देशलाई र शहीदका परिवारलाई समेत पीडा भएको छ । हाम्रो परिवारमा भएको यो दुखद घटनासँगै बराल बंश परिवारमा अर्को दुखद घटना थपिन गयो–स्व.सीता भाउजुको घरसँग सिमा जोडिएको काकी सुशिला बराल तथा स्व.काका धरणीधर बरालको छोरा सुमित बरालको निधन माघ ६ गते भयो । दिदी शोभना बराल भण्डारी तथा फुपुहरु मञ्जु बराल कोइराला–सरिता बराल कोइराला,काकाहरु चन्द्रदीप–स्व.ऋषिराज उपाध्याय–रामेश्वर–बाशुदेव–राजन–शरद–उज्जवल बराल लगायत देवकोटा चौकका मनोहरी,सागर,बिष्णु,नरेश,नगेश,सुशिल बराल लगायतका भाई भतिज तथा बराल बंशको एक सदस्य स्व.सुमित प्रति विनम्र श्रद्धाञ्जली सहित परिवारजनमा सादर समवेदना यसै स्मृति मार्फत अर्पित गरेको छु । स्वं भाउजु सहित देश र जनताको लागि वीरगति प्राप्त गरेका सम्पूर्ण श्रद्धेय ज्ञात अज्ञात शहीदहरु प्रति सादर श्रद्धासुमन अर्पण गर्दछु ।
(तस्वीर सौजन्य ः लेखकबाट सङ्कलित,तस्वीरहरुलाई मिलाएर कलात्मक संयोजन श्रम मावि काठमाण्डौ–७ का अंग्रेजी विषयका शिक्षक अरुण भण्डारीबाट) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *