रास्वपा सभापति लामिछानेको थुनछेक बहस सकियो
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतमा बुधबारबाट जारी थुनछेक बहस आज सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् । त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसगै थुनछेक आदेश आजै गर्ने सम्भावना रहेको छ ।
सहकारी ठगीमा पक्राउ परेका लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, त्यस दिनपछि हाजिरी जमानीमा रिहा भइरहेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाड्दै आएका छन् ।