लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको छ । सुप्रिम सहकारी प्रकरणमा उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको हो । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश गरेको हो । कार्यविधि संहिता बमोजिम एक करोड धरौटी बैंक ग्यारेन्टीमा तारेखमा राख्नू भन्ने आदेश भएको अदालतले जनाएको छ ।
कसुर नगरेको विश्वास गर्ने मनासिब आधार देखिएन– रूपन्देही अदालत
सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग धरौटी माग गरेको छ । आइतबार न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो । धरौटीमा माग्दा अदालतले प्राप्त प्रमाणबाट लामिछानेले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने आधार नदेखिएको निष्कर्ष निकालेको छ । मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम रु एक करोड नगद धरौट जेथा जमानत वा सर्तरहित (अन कन्डिसनल) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू । सो बुझाउन नसकेमा कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू, आदेशमा भनिएको छ । यसअघि, कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले पनि सोही आधार देखाएर लामिछानेसँग धरौटी माग गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *