काठमाडौँ महानगरपालिका वडा नं ८ द्वारा आयोजित पशुपति क्षेत्र सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा-८ समितिले पशुपति क्षेत्रको सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतको उपस्थितमा काठमाडौँ महानगरपालिका वडा नं ८ समितिद्वारा आयोजित ‘पशुपति क्षेत्रको बृहत् सरसफाइ कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । अध्यक्ष संगतको उपस्थिति तथा संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक सङ्घसंस्था, क्लब, खल, पुचः, राजनीतिक दल, सुरक्षा निकाय लगायतको बाक्लो उपस्थित रहेको थियो ।
उक्त टोलीद्वारा काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित रहेको पशुपतिनाथको मन्दिर र मन्दिर परिसर सरसफाइ गरेको थियो । पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छ । यो मन्दिर काठमाडौँ महानगरपालिका वडा नम्बर ८ स्थित बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा समेत सूचीकृत भएको अति नै प्राचीन मन्दिर हो ।
तस्विरमा हेर्नुहोस्






