गृहमन्त्री लेखकले पाथीभरा घटनाबारे आईजीसँग ब्रिफिङ लिंदै

काठमाडौं । गृहमन्त्री रमेश लेखकलेताप्लेजुङको पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई बोलाएका छन् । गृह मन्त्रालयबाट पाथीभराको पछिल्लो अवस्थाबारे बुझ्न भन्दै बोलाएपछि आईजी कुँवर मंगलबार साँझ मन्त्रालय छिरेका छन् । विवादको मुख्य विषय र पछिल्लो अवस्थाबारे गृहमन्त्रीलाई ब्रिफिङ गर्न आईजी मन्त्रालय गएका हुन् ।

पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । यसअघि गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए । सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए ।त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *