प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सहिद स्मारक र सहिदगेट पुगी सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उनीहरुको शालिकमा पुष्पहार अर्पण गरेका हुन् । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ ।

विसं २००७ पछि हरेक वर्ष माघ १६ गते विभिन्न कार्यक्रम सहित सहिद दिवस मनाउने गरिएको छ । सो क्रममा उपप्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुख लगायले सहिदहरू प्रति श्रद्धाञ्जली प्रकट गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *