इन्भेष्टमेण्ट मेगा बैंकले बिक्रीमा राख्यो २५ वटा मोटरसाइकल
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न कम्पनीका २५ वटा गाडी (सवारी) बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा देशभरिका विभिन्न शाखा कार्यालयमा रहेका २५ वटा २ पाङ्ग्रे मोटरसाइकल बिक्रीमा राखेको हो । उक्त सवारी साधन जहाँ जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गरिने बैंकले जनाएको हो । उक्त सवारी साधन खरिद गर्न ईच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ बैंकको सम्बन्धित शाखा कार्यालयबाट गोप्य शिलवन्दी बोलपत्र फारम ५ सय रुपैयाँमा खरीद गर्न सकिनेछ । लिलामीका शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछन् ।