३० लाख कित्ता ऋणपत्र बिक्री गर्न एभरेष्ट बैंकलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले एभरेष्ट बैंक लिमिटेडलाई ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति प्रदान गरेको छ । माघ १५ गते बोर्डलाई बैंकलाई १० वर्षे अवधिको ७ दशमलव ५० प्रतिशत ब्याजदर रहको ऋणपत्र बिक्री गर्न अनुमति प्रदान गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ भने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता भने व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । यो ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ । पछिल्लो समय लगानीकर्ता ऋणपत्रमा बढी आकर्षित देखिएका छन् । यस अघि आईसिएफसी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा ७ वर्षे अवधिको ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्दा मागभन्दा बढी आवेदन छिटो अवधिभित्रै प्राप्त भएको थियो । हकप्रद शेयर बिक्री नभई लिलामीमा आइरहेको अवस्थामा ऋणपत्रमा भने लगानीकर्ताको मागभन्दा बढी आवेदन पर्नु बैंक तथा वित्तीय संस्थामा घट्दै गएको ब्याजदरको असरलाई जानकारहरुले औल्याएका छन् । बोर्डको अनुमति पाएसँग बैंकले ऋणपत्र निष्कासन प्रक्रिय अघि बढाउनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *