कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०।८१ आषाढ मसान्तसम्मको वासलात, नाफा(नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१।८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ । विगत २३ वर्षदेखि यस बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।