गण्डकी प्रदेश स्थापना दिवका अवसरमा वृद्धाश्रमलाई सहयोग

गण्डकी । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

प्रदेश सरकारकातर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एक समारोहबीच वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्थापना दिवसका अवसरमा सहयोग गरेको बताए । पोखरा वृद्धाश्रमले असहाय ज्येष्ठ नागरिकलाई पु¥याइरहेको सहयोगको प्रशंसा गर्दै मन्त्री थापाले प्रदेशका तर्फबाट निरन्तर साथ र सहयोग रहने विश्वास दिलाए प्रदेशसभा सदस्य महेश भट्टराईले ज्येष्ठ नागरिकलाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए । वृद्धाश्रमका अध्यक्ष पराजुलीले वृद्धाश्रमले २०५३ सालदेखि असहाय ज्येष्ठ नागरिकलाई सहारा प्रदान गरिरहेको बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रघुराम विष्ट, मुख्यमन्त्रीको कार्यालयका सचिव केशवराज ढकाल, मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *