टाटाको ‘नेक्सन केथ्री ईभी’ बुकिङ खुला

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री ईभी’ को बुकिङ खुल्ला गरिएको छ । टाटाको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले गैरीधारामा आयोजित एक कार्यक्रमबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयूभी (क्रसओभर युटिलिटी भेहीकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधायुक्त छन् ।

कम्पनीका अनुसार नेक्सन केथ्री ईभीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सुरुवाती अफरमा ग्राहकलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध हुने छ । कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेक्सन केथ्री ईभी बिक्रीका लागि बुकिङ खुला गरेसँगै बिक्री पछि पनि सेवालाई उत्तिकै ध्यानमा राख्ने प्रतिबद्धता जनाए । टाटा प्यासेन्जर अन्तर्गतको इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले प्रविधि, डिजाइन, आराम एवं सुरक्षाको नयाँ मानक स्थापित गरेको नेक्सन केथ्री ईभीले ग्राहकको यात्रा अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार ४५ किलोवाट ब्याट्री प्याकले सुसज्जित नेक्सन केथ्री ईभीले नेपाली बाटोमा ३२५ किमिको रेन्ज दिनेछ । यसैगरी ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी सुनिश्चित गरिएको छ । साथै ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरा समेत नेक्सन केथ्री ईभीमा उपलब्ध रहेको छ । यो गाडीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *