नाडाको सहयोगमा पोखरामा अटो शो आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको सहयोगमा पोखरामा अटो शो आयोजना हुने भएको छ । नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कोइरालाले नाडाका अध्यक्ष करण चौधरीसँग आवश्यक सहयोगको लागि आग्रह गरे ।

सो क्रममा नाडाले वाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको सम्भाव्यता र मोडालिटिका सम्बन्धमा विस्तृत रूपमा छलफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *