लुम्बिनी सेरामिक्सले आइपिओ जारी गर्ने,बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट

काठमाण्डौं । लामिनार टाइल्स उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ। आउँदो ६ महिनाभित्र आइपिओ जारी गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौतामा कम्पनीका सञ्चालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। बर्दियाको गुलरियास्थित साँढे १२ बिगाहा जमिनमा फैलिएको युरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स उत्पादन भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *