थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य
काठमाडौं । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक सिरिज अन्तर्गत थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १०६ रन बनाएको हो । थाइल्याण्डलाई कम रनमा रोक्न नेपालकी बलर मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरेकी थिइन् । मनिषाले थाइल्याण्डविरुद्ध ४ ओभरमा एक मेडनसहित १८ रन दिएर ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेकी छन् ।
थाइल्याण्डका लागि चानिदा सुथीरुआंगले सर्बाधिक २७ रन बनाएकी थिइन् भने थिपाटचा पुथावोंगले २५ रन बनाएकी थिइन् ।