निजी क्षेत्रका तीन संगठनको पाथीभरा केबलकार विरोधमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । निजी क्षेत्रका तीन संगठनले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकार विरोधमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकार परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको छ भने आम नागरिकले सास्ती भोग्नु परेको भन्दै असन्तुष्टी जनाएको हो । पाथीभरामा केबलकार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने तथा देशकै पर्यटन विकासमा नयाँ आयाम थप्ने विषयमा दुईमत नभएको निजी क्षेत्रको भनाइ छ ।

सो क्षेत्रको विकासका लागि केवलकार निर्माण अपरिहार्य रहकोमा स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहनु र बन्नु पर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केवलकार बन्न दिनु हँदैन भनेर बाह्य हस्तक्षेप सहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा लिएको निजी क्षेत्रका संगठनहरुको भनाइ छ । ‘विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देशब प्रवाह गर्नेछ ।

यस्तै देशका अन्य भागमा हुने विकास निर्माणका कार्यलाई समेत गम्भीर असर गर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । वार्ताका माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै विज्ञप्तिमा सरकारको पहल र आन्दोलनरत पक्षसमेत वार्ता बस्ने कुराले निजी क्षेत्र उत्साही भएको जनाइएको छ । ‘यस विषयमा देखिएको अवरोध हटाउन सरकारले गरेको पहल र आन्दोलनरत पक्ष समेत वार्तामा बस्ने कुराले निजी क्षेत्र केही उत्साहित भएको छ । कुनै पनि विषयमा समस्या सिर्जना भएका वार्ताका माध्यमबाट ती समस्याको हल गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विकासका कार्यहरू सबैको हितका लागि हुने भएकाले विकासलाई अवरोध गर्ने कार्यले दीर्घकालीन हित गर्दैन । यो अवस्थामा विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा (मक्कुम्लुङ) केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्र हार्दिक अपिल गर्दछ।’ पाथीभरा केबलकार परियोजनाले पाथिभरा ९मक्कुम्लुङ० जान चाहने बद्धबृद्धा, अशक्त बालबालिका सहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउने विश्वास निजी क्षेत्रको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *