बेलायती राजकुमार दम्पतीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

मंगलबार काठमाडौँ आइपुगेका दम्पतीले दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भ्रमणका क्रममा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *