शिखर इन्स्योरेन्सको २० औँ वार्षिक साधारण सभा फागुन १३ गते हुदैँ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २० औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले फागुन १३ गते बिहान ११ बजे बेन्द्रीय कार्यालय काठमाडौंमा साधारण सभा डाकेको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँको १० प्रतिशतका दरले २६ करोड ५४ लाख ९४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले १ करोड ३९ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू सभाबाट अनुमोदन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *