गोर्खाबाट फिल्म ‘पहाड’ को छायांकन सुरु

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘पहाड’ को छायांकन सुरु भएको छ । मंगलबार गोर्खा दरबारमा पूजा गरेपछि मुहूर्त सटसँगै फिल्मको छायांकन सुरु भएको हो । 

अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सट दिएका थिए ।  सामाजिक विषयवस्तुमा फिल्म बनाउने निर्देशक घिमिरेले यस फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथा उठान गर्दै छन् । 

फिल्मको कथा पनि निर्देशक घिमिरेले नै लेखेका छन् । फिल्मको छायांकन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने बताइएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *