शिक्षा मन्त्रालय खारेज गर्ने तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्ने तयारी शुरु गरेका छन् ।

अमेरिकामा शिक्षा विभाग भनेर चिनिने शिक्षा मन्त्रालयलाई हटाएर अर्को कुनै मन्त्रालयमा गाभिने भएको हो । ट्रम्पले यसका लागि नयाँ आदेश जारी गर्ने तयारी गरेको सिएनएनले उल्लेख गरेको छ ।  यो कदम दुई भागमा आउने बताइएको छ । आदेशले शिक्षामन्त्रीलाई कार्यकारी कारबाही मार्फत विभागलाई घटाउने योजना बनाउन निर्देशन दिनेछ भने अर्को भागमा ट्रम्पले विभागलाई समाप्त गर्न कानून पारित गर्न कांग्रेसलाई पनि जोड दिनेछन् । 

राष्ट्रपति ट्रम्पले मंगलबार शिक्षामन्त्री लिन्डा म्याकमोहनले ‘आफूलाई जागिरबाट निकाल्ने’ टिप्पणी गर्दै शिक्षा मन्त्रालय खारेज गर्ने स्पष्ट जानकारी दिएका थिए । उनले भने- ‘मैले लिन्डालाई भनेँ, लिन्डा, म आशा गर्छु कि तिमीले आफूलाई जागिरबाट निकाल्नमा राम्रो काम गर्नेछौं । म चाहन्छु कि उनले आफूलाई जागिरबाट निकालून् ।’

ट्रम्पको पहिलो कार्यकालमा साना व्यवसाय प्रशासनको प्रमुखको रूपमा काम गरेका म्याकमोहनको शीर्ष शिक्षामन्त्रीको लागि अझै संसदीय सुनुवाइ भएको छैन । शिक्षा विभाग खारेज गर्ने वा अर्को संघीय एजेन्सीमा गाभ्ने आह्वान नयाँ नभए पनि, यो कदमले विगतमा ऐतिहासिक रूपमा कांग्रेसबाट समर्थन पाउन असफल भएको छ ।

राष्ट्रपतिको रूपमा ट्रम्पको पहिलो कार्यकालमा शिक्षा र श्रम विभागहरूलाई एउटै संघीय एजेन्सीमा गाभ्ने प्रस्ताव गरेको थियो । त्यसबेला रिपब्लिकनहरूले सिनेट र प्रतिनिधि सभा दुवैलाई नियन्त्रण गरे पनि, प्रस्ताव अगाडी बढेको थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *