बालयौन दुर्व्यवहारमा राईलाई साढे २ वर्ष कैद

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको सूचना अधिकृत सुदिप कुमार भट्टराईले जानकारी दिए । ‘उहाँलाई २ वर्ष ६ महिना कैद र एक लाख जरिवाना सुनाइएको छ । त्यस्तै, पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ । राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए । १० माघमा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरूलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढेको थियो । प्रहरीले राईलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *