वीर अस्पतालको अप्रेसन कक्षमै कुटिए स्वास्थ्यकर्मी

काठमाडौं । वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए । निर्देशक पौडेका अनुसार शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो । घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका ६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ । उनलाई हदैसम्मको कारबाही गर्न निर्देशक पौडेलले माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *