थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । मछिन्द्र फुटबल क्लबविरुद्ध टाइब्रेकरमा ४–२ को जित निकाल्दै थ्री स्टार क्लब पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार कास्कीको पोखरास्थित पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा थ्री स्टारका फोडे फोफोना, दीपेश घले, लक्ष्मण रुचना र विराज महर्जनले गोल गरे । मछिन्द्रबाट भने दीवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरे । विशाल घलान र आदित्य शाक्यको प्रहार भने गोलमा परिणत हुन सकेन । जितसँगै अन्तिम चारमा प्रवेश गरेको थ्री स्टारले अब भारतको थन्डरबोल्ड नर्थ युनाइटेड र ब्ला बुल्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *