दक्षिणकालीमा ५० विद्यार्थी सवार बस दुर्घटना

काठमाडौं । काठमाडौंको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । ५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार बसका चालकको घटनास्थलमै ज्यान गएको छ । घाइते विद्यार्थीको उद्धारकार्य जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *