प्रतिनिधि सभा बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको एकसट्ठियौं वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने तय भएको छ। यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्ने छन्।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथी प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णायार्थ पेस गरिने भएको छ। आजको बैठकमा गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। आजको बैठकमा भने अध्यादेशलाई कार्यसूचीमा समावेश गरिएको छैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *