सन नेपाल लाइफ तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ तथा ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यावसायिक उत्कृष्टता प्रमाणित गरेको छ ।
बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए । यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ । सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयमार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।