सलिको र इनड्राइभ नेपालबीच सम्झौता,इनड्राइभका प्रयोगकर्ताको दुर्घटना बीमा गर्ने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच सम्झौता भएको छ । इन्ड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झौता भएको हो । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रीता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरूको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ ।
यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन्। उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।