आईएमई स्टोरी एम्बेसडरमा साइग्रेस

काठमाडौं । साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आईएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभूतिलाई साइग्रेसले कथा मार्फत उनीहरूका घर आगन र परिवारसम्मै पुयाउन मद्दत गर्नेछन् । नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने कम्पनीले जनाएको छ ।

कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साइग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाइ छ । साइग्रेसले आफ्नो आवाज दिएका आईएमईका सामग्रीलाई आईएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्राम लगायत सञ्जालहरुमा पोस्ट गरिने कम्पनीले जनाएको छ । हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचन मार्फत टिकटक, रिलमा समेत समेटिने कम्पनीले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *