कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा आकर्षक छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको अप्टिक आइजमा विशेष छुट पाउनु भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार अप्टिक आइजले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकलाई फ्रेम र सनग्लासमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत छुट उपलब्ध गराउने छ । यसैगरी ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेस्क्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स र कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट उपलब्ध हुनेछ । चश्माको सामान्य मर्मत तथा परामर्श भने निःशुल्क हुने सम्झौतामा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *