सिटिजन लाइफको नाफामा ८६.७८ प्रतिशत उछाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासमा खुद नाफा ८६.७८ प्रतिशत बढेर २३ करोड ९ लाख ७१ रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २३.६९ प्रतिशत बढेर ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५७ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीका खुद दाबी भुक्तानी २३.३० प्रतिशत बढेर ३ अर्ब २१ करोड ८२ लाख रुपैयाँ गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६० करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २४.६४ प्रतिशत बढेर ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँ छ भने कुल खर्च २२.२६ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३६ करोड १२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३ अर्ब २३ करोड ७५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ५५ करोड २० लाख रुपैयाँ, महाविपत्ति कोष १९ करोड २८ लाख रुपैयाँ, जीवन बीमा कोष १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.६० रुपैयाँबाट बढेर ११.७३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२४ गुणा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *