अर्थ मन्त्रालयको सचिवमा उपाध्याय
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सचिबमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिब घनश्याम उपाध्यायलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै अर्थमन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको छ ।