काठमाडौं विश्वविद्यालयको उपकुलपति अविलम्ब नियुक्त गर्न माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति अविलम्ब गर्न माग गरिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै केदारभक्त माधेमा, कमलकृष्ण जोशी र नवीनप्रकाशजंग शाहले उपकुलपतिको नियुक्तिमा अनावश्यक ढिलासुस्ती भइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, उपकुलति नियुक्तिका लागि गठित खोज तथा सिफारिस समितिले मिति २०८१।९।१८ मा दरखास्त आह्वान गरी सूचना प्रकाशित गरेकोमा १६ जना उमेदवार को दरखास्त स्वीकृत भएको थियो । परन्तु, पुनः २०८१।१०।१८ मा दोस्रोपटक दरखास्त आह्वान गरियो र त्यसमा पनि चा जनाको दरखास्त स्वीकृत भयो ।

तत्पश्चात खोज तथा सिफारिस समितिको बैठकले दुवै सूचनाबाट प्राप्त एवं स्वीकृत उमेदवारहरूको बीचबाट तीनजनाको नाम सिफारिस गरी पठाइसकेपछि पनि त्यस सिफारिसबाट नियुक्ति नगरी पूनर्विचारका लागि समितिमा फिर्ता पठाएपछि उच्चशिक्षामा संलग्न र चासो राख्ने सबै सशंकित हुनु स्वाभाविकै हो । उक्त विश्वविद्यालयलाई राजनैतिक हस्तक्षेपबाट समस्याग्रस्त पार्ने काम तुरुन्त बन्द गरी उपकुलपतिको नियुक्ति अविलम्ब गर्न माग गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *