बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)को उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजै बस्दै छ । आज साँझ ६ बजे बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु रहेको संयन्त्रको बैठक बस्न लागेको हो ।
बैठकमा अध्यादेशबारे छलफल हुन लागेको जनाइएको छ । सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि संयन्त्रको बैठक बस्न लागेको हो ।