भ्यालेन्टाइन डेमा मर्क्योर होटलको विशेष अफर,जोडीलाई यस्ता छन् सुविधा र मूल्य

काठमाडौं । रोमान्स र भव्यताका साथ यस भ्यालेन्टाइन डेमा सुबिधा सम्पन्न मर्क्योर काठमाडौं सुकेधारा हाइट्समा शानदार तरिकाले प्रेमको उत्सव मनाइन पाइने भएको छ । एकोरद्वारा व्यवस्थित मर्क्योर काठमाडौंले क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेज उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौंले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन मनमोहक सेटिङ प्रदान गर्ने जनाएको छ । क्यान्डल लाइट डिनर, रुफटपको अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ यस होटलले प्रेम फैलिने उत्तम वातावरण प्रस्तुत हुने विश्वास होटलले लिएको छ ।
यस्तो छ भ्यालेन्टाइन अफर
डाइन- ‘अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स’ दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सकिने छ । जहाँको रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ । पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन् ।
मूल्य: प्रतिजोडी – ७,९९९ रुपैयाँ

शुक्रबार – ‘सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स’

एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत गर्नेछ । लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ।
मूल्य: प्रतिजोडी- १२,९९९ रुपैयाँ

भ्यालेन्टाइनका स्टे प्याकेजहरू

रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज
आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिनुहोस्। यस विशेष उत्सवमा आराम र लक्जरीको उत्तम समिश्रणको आनन्द लिन सकिन्छ ।
मूल्य: प्रतिजोडी -१७,९९९ रुपैयाँ

नाइट टू रिमेम्बर – द अल्टिमेट रोमान्टिक एस्केप
लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ जसले जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ।
मूल्य: प्रतिजोडी – २२,९९९ रुपैयाँ
मर्क्योर काठमाडौंले सुकेधारा हाइट्स यस भ्यालेन्टाइन डेमा सबै जोडीहरूलाई असाधारण र रमाइलो अनुभवका लागि काठमाडौंको मुटुमा अवस्थित विशेष रोमान्टिक गेटअवेमा आमन्त्रण गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *