लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट
काठमाण्डौं । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आवद्ध व्यवसायीहरु र यसमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन्। लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हुन्। यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।
बुटवलमा रहेको लुम्बिनी केबलकारबाट पाल्पाको वसन्तपुरको टप स्टेसनमा एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्थाको रुपमा रहेको छ । प्रा.लि. मार्फत् हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् । प्रा.लि.ले यात्रुबाहक देखि आधुनिक सुविधा सम्पन्न बस सेवा आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि सञ्चालन गर्दै आइरहेको छ ।