सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो । बुधबार दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।
मंगलबार एक हजार ९४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।