गुटले नचलाउँ शासन
प्रजातन्त्र मुखियामा
स्वच्छन्द भाव थिए
मान्यताको आधारमा
गुण किर्तन लिए ।१
पदमात्र लोभि बनि
बित्दै गयो शासन
मतियार बनी सधैं
नखोक्नुहै भाषण ।२
पार्टि एउटै दल मत
भिन्न किन लियोै
नेताले शिक्षा दिदाँ
गुट मनभेद दियौ ।३
बस्न पाए खुसिमन
नत्र हुन्न आशन
नसुनाउ अब यहाँ
बहकाउँका भाषण ।४
अग्रजको सम्मान थियो
पालै पालो बस्ने
लोभ मोह रुपैयांमा
कोहि थिएन फस्ने ।५
कहिलेपनि पवित्रता
नखोज्नुहै मासन
भावनामा जाग नेता
स्थिर हुन्छ आशन । ६
जेलनेल सब्ले खाका
सास्ति थियो वराबरी
उमेरको दौडानमा
सम्झि हुन्न हाराहारी ।७
लौरी टेक्ने बाबालाई
किन चाहियो शासन
खोजि गर्या रेछ उनले
सम्मानको आशन ।८
श्रष्टा रुपि नेताहरु
आशन बस्दा भए
हितभाव बचनको
सम्मान खोज्दै गए ।९
गुटका भावले अब
नचलाउ शासन
जनका मायाबिना
कहाँ पाउछौं आसन ।१०
श्रष्ठा भन्छन हामिलाई
बिर्सि जान हुन्न
यो ठाउंमा तिमि भए
भन रुन्छौ रुन्न ।११
बलियो पार्यौ नि तिमीले
आफू बस्ने आशन
ठूला बनी नपल्टनु
नगर्नु है भाषण ।१२
दुखिपाटो गुनासालाई
मन्को पोका फोए
प्रजातन्त्र लडाईलाई
संझि संझि रोए ।१३
कहिल्यै माखो मारेनौ
खोई गरीव राशन
आमा रुन्छिन धरधरी
बन्द गर भाषण ।१४
मित्रताका साथि मेरा
कसलाई टिकट दिने
लाएं भने शक्ति भक्ति
म आफैंले लिने ।१५
गरें मेैले देशमा भन्छौ
दियौ फोस्रो आशन
३५ बर्ष पुग्दा सम्म
गर्यौ कलह शासन ।१६
अङ्क हाम्रो बरावरी
गणितको भाग
आहुतिका किनारमा
गरेका हुन माग ।१७
आज सम्म धेरै गर्यौ
तिम्ले राज्य शासन
जन खुसि दिलाउअब
नगरन भाषण ।१८
पद होईन तिमी खुसि
जनलाई समाउँ
बैरीलेझै तर्कि हैन
हांसि खुसि रमाउँ ।१९
नसोच नेताले अब
बलियो छ आशन
जन रोई रहेका छन
नगर है भाषण ।२०
एकघर दुई ढोका
दुईटै माला गासन
चुलो छ दुवैचौको
मिलिचलाउँ शासन ।२१
धोक नदेउ अब नेता
गरीबलाई हेर
निस्वार्थका भाव लिन
हिम्मत छिट्टै फेर ।२२
स्वर्ग जस्तो देश हाम्रो
हिन्नताभो शासन
अर्कन्टक चलाउँ राज्य
लेउँ आफनो आसन ।२३